फौजी जीवनको कथा-व्यथा ‘नरोऊ न्याउली’

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ कलाकार मिठाराम के. सी. को शब्दरचना एवं सङ्गीतमा रहेको गीत ‘नरोऊ न्याउली’ को भिडिओ रिलिज भएको छ l Phulchowki Kala Karmi युट्युब च्यानलबाट एकदिन अघि भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको हो l गीतमा सर्जक मिठाराम के. सी. का साथै इन्दिरा गोले, भानु ओली र पासाङ डोमा शेर्पाले स्वर दिएका छन् l वरिष्ठ सङ्गीत साधक शिला बहादुर मोक्तानको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ/माष्टरिङ प्रकाश खरेलले गरेका हुन् l

SUBSCRIBE 👉

ठूलो तथा सानो पर्दाका लोकप्रिय कलाकार एवं वरिष्ठ नृत्य प्रशिक्षक कृष्णभक्त महर्जनको निर्देशन एवं वीरेन्द्र भाट ‘विपिन’ को क्रिएटिभ निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा आकाश कुँवर र स्नेहा क्षेत्रीले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् भने अन्य दर्जनौं कलाकारहरुलाई पनि नृत्य र अभिनयमा देख्न सकिन्छ l भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l गीत तथा भिडिओमा वैंशालु उमेरभरि आफ्नो परिवारसँग टाढिएर बस्न बाध्य फौजी जीवनको कथा-व्यथा पोखिएको छ l