‘हल्ला चले चल्ला’ भन्दै रोमान्टिक भावमा माधव र बबिना

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक माधव भण्डारी र गायिका बबिना किराँतीको स्वरमा रहेको रोमान्टिक भावको गीत ‘हल्ला चले चल्ला’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ कलाकार/सर्जक भण्डारीले आफ्नै अफिसियल युट्युब च्यानल Madhav Bhandari बाट २ दिन अघि डिजिटल बजारमा ल्याएका हुन् l माधव भण्डारीकै शव्दरचना, सङ्गीत र सङ्गीत संयोजन समेत रहेको यस गीतको मिक्सिङ/माष्टरिङ मारुनी स्टुडियोका साउण्ड इन्जिनियर कुमार रानाले गरेका हुन् l

होम धितालको निर्देशन र शिव बि.क. को कोरियोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा लोमश शर्मा र सुजल भण्डारीले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् l जसमा मरुभूमि नारायणको सिनेम्याटोग्राफी र रोशन धितालको सम्पादन रहेको छ l भिडिओ धिताल फिल्म्सको पोष्ट प्रोडक्समा निर्माण भएको हो l

२०५६ सालमा लोकदोहोरी गायकको रुपमा सङ्गीतको औपचारिक यात्रा सुरु गरेका माधव भण्डारी एक बहुआयामिक सर्जक/कलाकार हुन् l लोकदोहोरी, आधुनिक, पप, लोकपप लगायतका विधाका गीतमा स्वर दिईसकेका भण्डारी शब्दरचना, सङ्गीत र सङ्गीत संयोजनमा समेत उत्तिकै कुशल छन् l ‘धौलागिरिमा, सके गुन तिरौंला नत्र फिरिमा’, ‘ट्याक्सी मोटर कार’, ‘सोल्टिनीलाई बैना मारुं कि’, ‘गैरी पर्यो ताल’, ‘छोडपत्र’, ‘ पाइँन तिम्रो साथ’ लगायतका गीत लोकप्रिय छन् l