चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ सम्पन्न, श्रीपुरुष ढकाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड


सहारा एप चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ राजधानीमा भब्य रुपमा सम्पन्न भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृतिको संरक्षण-प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराको साथ आयोजना गरिएको सो अवार्ड ‘अर्थ नेपाल प्रालि’को आयोजनामा सम्पन्न भएको हो । अवार्ड समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई नगद रु.१७,६९६/- सहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको थियो । गीतकार ढकाललाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योति विकास बैंकका एजिएम रामहरि आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत र  कार्यक्रम संयोजक मनोज थापाले सो अवार्ड अर्पण गरेका थिए । ज्योति विकास बैंकको प्रस्तुति रहेको सो कार्यक्रमलाई सहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख  अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।

समारोहमा वरिष्ठ कला पत्रकार विजयरत्न तुलाधरलाई नगद रु. ८,८४८/- सहित ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी कृष्ण भट्टराई, नेमिष गौतम र कल्पना रेग्मीलाई ‘सगरमाथा कला पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । ‘सगरमाथा रेडियो पत्रकारिता सम्मान’ कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ सङ्गीत प्रशिक्षक तिलकसिंह पेलालाई ‘सङ्गीत विशेष सम्मान’द्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतलाई पनि सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रममा नेपाली गीत-सङ्गीत क्षेत्रका चर्चित एंव लोकप्रिय हस्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

अवार्ड विजेताहरु

१,  सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले

२,  सर्वोत्कृष्ट राष्ट्रिय भाव सङ्गीतकार : रोशन बान्तवा – गौतम बुद्ध

३,  सर्वोत्कृष्ट गायक चलचित्र : प्रदाप दास – हर युग होस

४,  सर्वोत्कृष्ट गायिका चलचित्र : मेलिना राई – सुन्तला

५,  सर्वोत्कृष्ट गीतकार चलचित्र : राजेश कुमार श्रेष्ठ – हर युग होस

६,  सर्वोत्कृष्ट सङ्गीतकार चलचित्र : एलिस कार्की – हर युग होस

७,  सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई – तिम्रो याद

८,  सर्वोत्कृष्ट पप गायक : आशिष सचिन – सानो सानो कुरामा

९, सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी) : राज सागर – खै कसोरी विझाए

१०,  सर्वोत्कृष्ट पप–आधुनिक  गायिका – निशा देशार – पाउ हजुर

 ११,  सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष : वीरेन्द्र कुमार बलामी – म बाँचेको संसार

१२,  सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) : कुमार मिश्र – एउटा कथा

१३,  सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला : गीता अधिकारी – स्वास फेरी

१४,  सर्वोत्कृष्ट पप–आधुनिक सङ्गीतकार : योगेश काजी – मलाई हेप्नी

१५,  सर्वोत्कृष्ट पप–आधुनिक सङ्गीतकार (जुरी) : शेरा थामी – तिमी बस दिलैमा

१६,  सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा  – हाम्रो माया जाल

१७,  सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : रिता केसी/प्रविण बेडवाल – तिमी पनि हरायौ

१८,  सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश

१९,  सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दा नि  

२०,  सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : वीरेन्द्र नौभाग्य – अर्को सारथि

२१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर

२२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया

२३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अंश वर्मा–ए साइँली

२४,  सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडिओ निर्देशक : प्रकाश धिताल – भन्नुहुन्थ्यो बाले

२५,  सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार –  लाहुरे सिपाई दाइ

२६,  सर्वोत्कृष्ट लोकपप गायिका : निता आचार्य – रंगीन संसार

२७,  सर्वोत्कृष्ट लोकपप गायिका (जुरी) : अञ्जु श्रेष्ठ – नहेरे झैं गर्ने

२८,  सर्वोत्कृष्ट लोकदोहोरी गायक : नमराज ढुंगाना – पिरतीमा दम छ

२९,  सर्वोत्कृष्ट लोकदोहोरी गायक (जुरी) : रामहरि भण्डारी – चुरोट सलाई

३०,  सर्वोत्कृष्ट लोकदोहोरी गायक (पब्लिक च्वाइस ) : जय देवकोटा – माया लाउँछ र त

३१,  सर्वोत्कृष्ट लोकदोहोरी गायिका : कालिका रोक्का मगर – मुग्लिन पुल तरी

३२,  सर्वोत्कृष्ट लोकदोहोरी शब्द : विपिन केसी – दाजु भाइ

३३,  सर्वोत्कृष्ट लोकदोहोरी लय : सागर विरही – फूल रसैको

३४,  सर्वोत्कृष्ट लोकदोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ

३५,  सर्वोत्कृष्ट लोकदोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा

३६, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी

३७,  सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर

३८,  सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना

३९,  सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको 

४०,  सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा

४१, सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष (सन्देशमूलक-जुरी) : नरेन्द्र सिंह ठकुरी   

४२,  सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडिओ निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना

४३,  सर्वोत्कृष्ट म्युजिक भिडिओ छायाकार (पप-आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति

४४,  सर्वोत्कृष्ट म्युजिक भिडिओ छायाकार (लोकदोहोरी) : कृष्णबहादुर थापा – मीठो सारंगी

४५,  सर्वोत्कृष्ट म्युजिक भिडिओ सम्पादक : अनिलकुमार महर्जन – आज किन

४६,  सर्वोत्कृष्ट नव गीतकार पप-आधुनिक : विजय खड्का – न बदलिन्छ जिन्दगी

४७,  सर्वोत्कृष्ट नव गीतकार पप-आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज

४८,  सर्वोत्कृष्ट नव गीतकार ( सन्देशमूलक लोकदोहोरी) : दान आचार्य – बस पियारी

४९,  सर्वोत्कृष्ट एरेन्जर पप-आधुनिक : जीवन बडु – तामा पित्तल

५०,  सिनियर सिनेमाटोग्राफर अवार्ड : मधुर बस्नेत