लागू पदार्थ दुर्व्यसन विरुद्ध गीत लिएर आए डा. भोला रिजाल  

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध चिकित्सक एवं गीतकार/गायक डा.भोला रिजालको शब्दरचनामा रहेको गीत ‘केही छिनको मस्तीले’ को भिडिओ सार्वजनिक भएको छ l ‘लागू पदार्थ दुर्व्यसनी रहित समाज निर्माणका लागि सम्पूर्ण विश्वभरिका मानव जातिहरु एकजुट बनौँ’ भन्ने नारा सहित गीतकार रिजालकै आधिकारिक युट्युब च्यानल Bhola Rijal Official बाट एकदिन अघि रिलिज गरिएको यस गीत तथा भिडिओले लागू पदार्थ दुर्व्यसन विरुद्धमा चेतनामूलक सन्देश प्रवाह गरेको छ l मनोहर सुनामको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा स्वरूपराज आचार्य, हिमाल सागर, रिमा गुरुङ र विष्णु चेम्जोङले स्वर दिएका छन् l

याम गुरुङको निर्देशन रहेको यस म्युजिक भिडिओमा सन्चिता लुइँटेल, कृष्णभक्त महर्जन, रमेश सोडारी, जङ्गमणि घिमिरे, वसन्तराज कुँवर, सरला रिजाल, नानीमैया अधिकारी, खेम बा, पारस पौडेल, रोशिन सुवेदी, लक्ष्मण खड्का, एभन घिमिरे आदि कलाकारले अभिनय गरेका छन् l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा वीरेन्द्र भाट ‘विपिन’को क्रिएटिभ निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l