प्रेम समर्पण भावमा सुनिता


सुमधुर स्वरकी धनी सुनिता कार्कीको स्वरमा रहेको गीत ‘सँगसँगै काटौंला’को भिडिओ रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ । गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द सिर्जना रहेको यस गीतमा नागेन्द्र श्रेष्ठले सङ्गीत दिएका छन् भने सन्जिव बराइलीको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको छ l

जस बहादुर याख्खा (जसु) को परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा प्रविन डिसी र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । जसमा दिनेश पराजुलीको सिनेम्याटोग्राफी र अमृत चापागाईको सम्पादन/कलर करेक्शन  रहेको छ l भिडिओमा वैँशालु उमेरमा प्रेममा परेर एकअर्का बिना बाँच्न नसक्ने र सँगसँगै अघि बढ्ने चाहना भएका प्रेमी प्रेमिकाको कथालाई रोमाञ्चक ढङ्गमा देखाइएको छ ।