स्वरुपराज र लक्ष्मीको स्वरमा ‘निरमाया ठूली’ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’

नेपाली गीत-सङ्गीतमा बेला बेलामा कर्णप्रिय गीतहरु सार्वजनिक हुने गरेका छन् । अझ आफ्नै मौलिक संस्कृति र परम्परा बोकेका गीत-सङ्गीतको खडेरी नै लागेको समयमा केही गीतले भने दर्शकको मन जित्छन् । यस्तै, एउटा गीत थियो ‘डाँडाघरे साइँली’ ।

‘डाँडाँघरे साइँली’ बोलको गीत ब्लकबस्टर हिट भएपछि यही टिमले नयाँ गीत निरमाया ठूली सार्वजनिक गरेको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको यो गीतमा कृष्ण केसीको शब्द र श्रीकृष्णबम मल्लको सङ्गीत रहेको छ ।

SUBSCRIBE 👉

मौसम हिमालीको कोरियोग्राफी रहेको यो गीतको भिडिओमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । यो गीतलाई पनि यसका मेकरले ‘डाँडाघरे साइँली’ जस्तै दर्शकको मन छुने तरिकाले बनाएका छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको यस भिडिओमा प्रवीण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो ।