प्रकाशको शब्द र आश्रितको स्वरमा `हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी´ सार्वजनिक


गीतकार प्रकाश सुवेदीको ‘हुन्छ हुन्छ भन्दा भन्दै टार्यौ सान्नानी’ बोलको प्रेमील भावको गीतको भिडिओ सृजना र सेरोफेरो युट्युब च्यानलबाट सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको यस गीतमा महाराज थापाको सङ्गीत संयोजन र नव गायक आश्रित अधिकारीको स्वर रहेको छ ।

साँचो माया गर्नेहरु एक अर्काको प्रतिक्षामा वर्षौँसम्म पनि पर्खिन सक्छन् र एक अर्कामा समर्पित हुन्छन् भन्ने भाव गीतमा रहेको छ । गीतको भिडिओमा अहिलेका चर्चित नायक सुधिर श्रेष्ठ र नायिका सुशिला थापाको साथमा नारायण शर्मा, प्रेणीता शर्मा, प्रकाश सुवेदी, सुमना घिमिरे र बालकलाकार आरुसी सापकोटाको अभिनय रहेको छ । काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी वरपर छायाङ्कन गरिएको यस गीति भिडिओमा उत्तम हुमागाईँको छायाङ्कन, अभिमन्यु निरवीको स्कृप्ट र निशान घिमिरेको निर्देशन / सम्पादन रहेको छ ।