चर्चित गायक गायिकाहरु सम्मिलित ‘वर्ल्डवाइजर मेलोडी कन्सर्ट २०२२’ केहीदिन अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा अहिलेका सर्वाधिक ब्यस्त गायक राजशुक्र लिम्बू र मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, गायिका सुनिता थेगिम, धरानको तपस्वी ब्याण्ड र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्हाङ लिम्बू लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
कन्सर्टमा गायक राजशुक्र लिम्बूले चोखो माया गर्छु, देउलिङे मेला, नझार आँसु र गायिका मेलिना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु, शिरैमा शिरबन्दी, एक कान दुई कान मैदान, माया बिरानी, तिमीले बाटो फेर्यो अरे, नाच फिरिरी, कसरी जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिएकी थिईन् । उनको नृत्यसंगैको गीत प्रस्तुतिमा दर्शकहरुले उत्तिकै आनन्द लिएको देखिन्थ्यो l
त्यस्तै डिल्ली फोम्बोले तिम्रो लागि, माईली, तिम्रो सुन्दरता, कलिलो तामालाई लगायतका ५ गीतहरु प्रस्तुत गरेर दर्शकहरुमाझ आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए । उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ दिएको थियो । त्यसैगरी सुनिता थेगीमले बिनायो कंगकंग लोकगीतसंगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी, आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् भने अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्हाङ लिम्बूले आजभोलि तिमीले हिँड्ने बाटो मोड्यौ र हिउँदको घाम जस्तै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरेकी थिईन् । सम्पूर्ण कलाकारहरुलाई विशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए । राष्ट्रिय स्तरका विभिन्न ब्राण्ड लगायत होटल तथा मनोरन्जन क्षेत्रका संस्थाहरुको प्रायोजन रहेको सो कन्सर्टमा सुन्दर साउण्ड सर्भिसले साउण्ड तथा लाइटको व्यवस्थापन गरेको थियो भने गोबिन राजभण्डारी र ईक्सा मादेनले कार्यक्रम सञ्चालान गरेका थिए ।