रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएका समाचार प्रति कलाकार सङ्घको आपत्ति


नेपाल चलचित्र कलाकारले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्घका सदस्य चरित्र अभिनेता रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएका समाचार प्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- ‘नेपाल चलचित्र कलाकार सङ्घका सदस्य चरित्र अभिनेता श्री रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएका समाचार प्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । श्री रामचन्द्र अधिकारी केही दिन अगाडिदेखि निमोनियाको कारणवाट मेडी केयर अस्पतालमा उपचार गराइ रहनुभएको छ । सङ्घका का.वा. अध्यक्ष श्री सानु कुमार ताम्राकार तथा कार्यकारिणी सदस्यज्यूहरुले उहाँलाई बारम्बार भेट गरिहनुभएको छ । श्री अधिकारीलाई दुइदिन पछि डिस्चार्ज गरिने कुरा उहाँको परिवारले बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घ श्री राम चन्द्र अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । श्री रामचन्द्र अधिकारीको सम्वन्धमा आएको भ्रामक, कपोलकल्पित र अतिरञ्जित समाचार प्रति सङ्घ खेद ब्यक्त गर्दछ । यस प्रकारका समाचारमा कुनै विश्वासनियता र आधार नभएकाले आम जनमानसलाई भ्रममा नपर्न पनि हामी विनम्र अनुरोध गर्दछौ ।’