‘नम्बरी सुन’ चलचित्रको गीत रेकर्डिङ


सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र  `नम्बरी सुन´ को पहिलो गीत रेकर्डिङ गरिएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध सो गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । अन्य गीत प्रमोद खरेल लगायतका गायक, गायिकाहरुको स्वरमा निकट भविष्यमै रेकर्डिङ हुने कुरा थाहा भएको छ ।

झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको कुरा थाहा भएको छ । लमजुङको भुज्रुङ खोला, हेटौंडा र काठमाडौँका विभिन्न ठाउँमा सो चलचित्रको छायाङ्कन गरिने छ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको सो चलचित्रको कथा, गीत पनि उनकै रहने छ । अन्तर्राष्ट्रिय बजारलाई हेरेर निर्माण गर्न लागिएको चलचित्र `नम्बरी सुन´को निर्देशन राजु गिरीले गर्ने छन् । चलचित्रको मुहुर्त पछि कलाकारको बारेमा विस्तृत जानकारी गराइने भएपनि पुराना र नयाँ कलाकारको मिश्रण रहने कुरा बताईएको छ ।