सुरक्षा सेन्चुरी र सौगातजंग थापाको स्वरमा ‘कुरै कुरामा’


कहिले रुवाउने, कहिले फकाउने, कहिले हँसाउने त कहिले नचाउने गीत पालैपालो दर्शक/स्रोतामाझ निरन्तर ल्याईरहेका प्रतिभाशाली समाजसेवी गीतकार ध्रुव प्रसाद अम्गाईले भर्खरै ‘कुरै कुरामा’ बोलको गीत आफ्नै युट्युब च्यानल ‘एम थ्री मिडिया’ मार्फत सार्वजनिक गरेका छ्न् l एकपछि अर्को लगातार हिट गीतहरु स्रोता सामु पस्किरहेका अम्गाई  विगत २० बर्षदेखि प्रवासमा बस्दै आएका छ्न् ।

गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अम्गाई समाजसेवी एवम् खरो स्वभाव भएका स्पष्टवक्ता  एक कुशल राजनीतिक भिजन समेत भएका, देश र जनताप्रति चिन्तन गर्ने भोलिका आशलाग्दो युवा समेत हुन् । अम्गाईका चार दर्जनभन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न् l  करिव  दुई महिना पहिले ‘जमानत गुमायौ’ र ‘मिलनमा बिछोड’ बोलका  गीत मार्फत धेरै दर्शक /स्रोताको मन जित्न सफल भएका गीतकार अम्गाईले हरेक बर्ष आफ्ना गीत मार्फत चर्चा कमाईरहेका छ्न् l नेपाली गीत मात्रै नभई उनले हिन्दी गीत पनि लेखेका छ्न् l  दुई महिना पहिला उनको हिन्दी गीत ‘खयालो मे’ रेकर्ड भईसकेको छ l सो गीतको भिडिओ छिट्टै बजारमा आउने तयारी भईरहेको कुरा थाहा भएको छ l

आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाऊँ गीत, न भुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देस, विहानीको घामको झुल्को र जमानत गुमायौ उनका चर्चित गीत हुन् । उनले हरेक बर्ष उत्कृष्ट गीतकारको विधामा अवार्ड हात पारिरहेका छ्न् र यो वर्ष गीतकार सङ्घ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कारमा उनी उत्कृष्ट  दशजना गीतकारभित्र ‘आँखा  आँखा जुधी’ गीतबाट नोमिनेसनमा समेत परेका छ्न्  भने थुप्रै म्युजिक अवार्डमा उनका गीतहरु नोमिनेसनमा पर्नुका साथै उनले अवार्डहरु पनि जितिरहेका छ्न् l  

 ‘कुरै कुरामा’ गीतमा उनले साँचो मायाप्रेम गर्ने जोडीको जीवन कथालाई कुशल र सरल शब्दमा उतारेका छ्न् l गीतमा अहिलेको सामाजिक यथार्थतालाई समेटेको पाइन्छ l अम्गाई वास्तविक र सामाजिक घटनालाई कथावस्तुमा उतार्न सक्ने गीतकारका रुपमा चिनिन्छन् l ‘कुरै कुरामा’ गीतमा विशाल निरौलाको सङ्गीत र सङ्गीत संयोजन रहेको छ भने सुरक्षा सेन्चुरी र सौगातजंग थापाले स्वर दिएका छन् । दिपेस परियार र अञ्जना राउतको अभिनय रहेको यो भिडिओ मुनाल शिशिर कोईरालाको निर्देशनमा तयार भएको हो l जसमा सुजन श्रेष्ठको सिनेम्याटोग्राफी र सुजन लम्सालको सम्पादन रहेको छ l