सर्जक ‘बगर’ को शब्द/सङ्गीतमा रोमान्टिक भावको प्रेमगीत ‘शिकारी दाइले’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको शब्द / सङ्गीत तथा लोकप्रिय गायक सीडी विजय अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘शिकारी दाइले गुलेली हान्यो’ को भिडिओ रिलिज भएको छ l रोमान्टिक भावको यो प्रेमगीत सङ्गीतकार ‘बगर’ ले केही फरक प्रकारको मेलोडीमा सिर्जना गरेका छन् l गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ पनि सजक ‘बगर’ कै रहेको छ l

SUBSCRIBE 👉

सन्तोष राजबाहकको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ भने निक्स शर्मा, सोफी धरेल, सोनु निरौला र गायक सीडी विजय अधिकारी स्वयमले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l क्याच स्टुडियोको पोष्ट प्रोडक्सनमा भिडिओ निर्माण भएको यो भिडिओ गायक अधिकारीकै युट्युब CD Vijaya Adhikari मा अपलोड गरिएको छ l