राजकुमार बगरको शब्द/सङ्गीतमा मिलनको खुशी व्यक्त गर्दै गायिका निता

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको शब्द/सङ्गीतमा रहेको गीत ‘रङ्गीन संसार’ को भिडिओ सार्वजनिक भएको छ l कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा निता आचार्यले स्वर दिएकी छिन् l अनामनगरस्थित त्रिवेणी डिजिटलमा रेकर्ड भएको यस गीतको रेकर्डिङ/मिक्सिङ र माष्टरिङ समेत राजकुमार बगरकै रहेको छ l

Visual Kitchen को पोष्ट प्रोडक्सनमा निर्माण भएको यो म्युजिक भिडिओ प्रकाश धितालको परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको हो l भिडिओमा उत्सव रसाईलीको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ भने रुबिना थापा र कुन्साङ बोम्जनले अभिनय गरेका छन् l

प्रेम समर्पण भावको यस गीतमा कसैको आगमनले जीवनमा वहार छाएको खुशी व्यक्त गरिएको छ l गीत नारी भावनामा आधारित रहेको छ भने अजम्बरी माया र आफूलाई प्यारो लागेको मान्छेको काखमा जिउने मर्ने अभिलाषाका साथै जन्मौं जन्म सँगै रहने चाहना व्यक्त गरिएको छ l भिडिओ गायिका निता आचार्यकै युट्युब च्यानल Nita Acharya मा अपलोड गरिएको छ l