केही फरक स्वादमा संगम र कौशिलाको ‘आखुम आखुम’ छिट्टै आउने  


संगम लिम्बू आफ्नो प्रत्येक गीतहरु नयाँ पन र नयाँ क्रियशन सहित गाएर दर्शक तथा श्रोताहरुको मन जित्ने अहिलेका चर्चित कलाकारमध्येका एक हुन् l गायक, रचनाकार, सङ्गीतकार र मोडल कलाकारको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् । यसै क्रममा ताराप्रकाश लिम्बूको सङ्गीतमा निक्कै आशा गरिएकी गायिका कौशिला लिम्बूसँग संगमले युगल स्वरको पपगीत ‘आखुम आखुम’ हालै अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन्न गरेका छन् l  

रमाइलो प्रेम कथामा आधारित ‘आखुम आखुम’ शब्द, सङ्गीत र स्वरको आधारमा सबै उमेरका श्रोता तथा दर्शकहरुले मन पराउने देखिन्छ l विशेषगरि लोकपप गायनमा माहिर संगम लिम्बूले यस गीतमा केही फरक दिने प्रयास गरेको बताएका छन् l  गायक संगमकै शब्द रहेको यो गीत सुन्दा थाहा पाउन सकिन्छ कि संगम र कौशिलाको मिहेनत, लगनशीलता र स्वरको दुनियाँमा उनीहरुको उचाई l  

संगम लिम्बू र सुनिता थेगिमको आवाज रहेको ‘डार्लिङ नभन’ बोलको गीत अहिले चर्चामा रहेको छ र यो गीतले सबैको मन जितिरहेको छ l ‘आखुम आखुम’ गीत र यसको भिडिओ छिट्टै औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिने कुरा यस गीतका रचनाकार तथा गायक संगम लिम्बूले बताएका छन् l