बैदेशिक रोजगारीले निम्त्याएको पीडा ‘सम्झे मुटु चस्काउँछ’

-तुलसी गिरी ‘भावुक’

पशुपति म्युजिकले हालै वैदेशिक रोजगारले निम्त्याएको दर्दनाक कथामा आधारित म्युजिक भिडिओ ‘सम्झे मुटु चस्काउँछ’ सार्वजनिक गरेको छ l यथार्थपरक यस भिडिओमा सुखी भविष्यको आशामा फूल जस्ती पत्नीलाई गाउँमा छाडेर धन कमाउन परदेश गएका युवा अनाहकमा कसरी अपराधीको रुपमा काल कोठरी पुग्न बाध्य हुन्छन् भन्ने अत्यन्तै मार्मिक कथा प्रस्तुत गरिएको छ l

आभाष सेन्चुरीको शब्द तथा सङ्गीत रहेको यो गीतमा कुशल बेल्बासे र देवी घर्तीले स्वर दिएका छन् l जसमा खड्ग बाजुरालीको मिक्सिङ/माष्टरिङ रहेको छ l भिडिओ कपिल लामाको निर्देशन, राजेश घिमिरेको सिनेम्याटोग्राफी र दीपक विष्टको सम्पादनमा तयार भएको हो भने विमल अधिकारी र नम्रता सापकोटाले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l