मेरो देश (कविता)

-भावना न्यौपाने

बरु म मर्छु देशको निम्ति
बिदेश पस्न सक्दिन ।
आँटो-पिठो खाएर देशको निम्ति केही गर्छु,
बिदेशीको गुलामी गर्दिन ।

देश रहे हामी रहन्छौं,
देशको माया सबैमा हुनुपर्छ ।
देश नरहे हामी,
एकैक्षण पनि बाँच्न नसक्ने हुनुपर्छ ।

आमा हुन् देश हाम्री,
छाया हुन् देश हाम्री l  
देशलाई दुख्दा हामी सबैलाई दुख्नुपर्छ,
देशको सेवाभावमा हामी सबै जुट्नुपर्छ ।

कलम भएकाहरु,
कलम लिएर अगाडि बढ्नुपर्छ ।
आवाज भएकाहरु,
आवाज लिएर अगाडि बढ्नुपर्छ ।
सीप र श्रम भएकाहरु,
सीप र श्रम लिएर अगाडि बढ्नुपर्छ ।
अब त हेर यो देशको मुहार फेर्नुपर्छ ।
सबै एकजुट भई,
देशको उन्नतितर्फ लाग्नुपर्छ ।

माया होस् सबैमा देशको निम्ति,
बाहिरी शत्रुहरु आएमा लड्नुपर्छ ।
सधैं देश, देश भनि रमाउन पाऊँ  
देशको निम्ति केही नयाँ,
असल कर्म गर्न पाऊँ ।
सबै युवाहरुलाई जागरुक गराई,
देशको मुहार फेर्न पाऊँ l
सबै युवाहरुलाई जागरुक गराई
देशको मुहार फेर्न पाऊँ ।l