मेरो बेहोसी (कविता)

-भावना न्यौपाने

मौनता रहेछ जीवन मेरो
हर मुस्किल घडीमा लडिरहें ।
एकदिन त छहारी पाउँछु
त्यही आशामा तिमीलाई पर्खिरहें ll


न त भुल तिम्रो
न त भुलै थियो मेरो l  
नजर एकतमासले, बेहोसी भएछु
के गर्नु थियो के गरिएछ अहिले ।l


तिम्रा ती निश्छल आँखामा मात्रै हेरिरहें  
अरु केही चाहेन मनले l
आँखामा पनि त्यत्तिको शक्ति हुँदोरहेछ
आज आएर जाने मैले ll