राजन र बेनिसाको `बाचा कसम खाऊँ´ सार्वजनिक


हाल जापानमा बस्दै आएका राजन कुमार पौडेल र बेनिसा पौडेलको स्वरमा रहेको प्रेमिल भावको गीत `बाचा कसम खाऊँ´ को भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ । सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द / सङ्गीतमा रहेको यस गीतमा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ ।

स्वयं गायक गायिकाले नै अभिनय गरेको यस गीतको भिडिओमा दुर्गा पौडेलको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन, प्रसान्त मगरको नृत्य निर्देशन र चर्चित तथा अनुभवी म्यूजिक भिडिओ निर्देशक कुमार केसीको निर्देशन रहेको छ ।