एलिना र नन्दुको स्वरमा ‘मनका कुरा’


एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनका कुरा’ को भिडिओ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको सङ्गीत र अशोक थापाको म्युजिक एरेञ्ज रहेको गीतको भिडिओ एकदिन अघि सार्वजनिक भएको हो ।

पदम तामाङको निर्देशन रहेको यस गीतको भिडिओमा राजन निरौला र मेनुका माझीलाई फिचरिङ गरिएको छ । नाजिन धिमालको सिनेम्याटोग्राफी रहेको यो भिडिओको सम्पादन तथा कलरिङ निर्देशक पदम तामाङले नै गरेका हुन् । भिडिओ डिआर म्युजिक क्रियशन नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।