TikTok Got Talent  चौथो सिजनको TOP -10  राउण्ड सुरु हुँदै, प्रथम हुनेलाई नगद रू. ५० हजार  

तुलसी गिरी ‘भावुक’


‘युनिटी इज पावर’ नामक समूहले आयोजना गरेको TikTok Got Talent   चौथो सिजनको चौथो राउण्ड अन्तर्गतको TOP -10  राउण्ड यही सेप्टेम्बर २ तारिख सुरु हुने भएको छ l प्रतियोगिताकी COO सीता बोहराका अनुसार आगामी २ तारिख शुक्रबार यू. के. को समय दिउँसो ३ बजेबाट प्रतियोगिताको आरम्भ हुने छ l गत साउन १३ गते शुक्रबार अर्थात जुलाई २९ तारिख नेपाली समय रातको ८ बजेबाट यस प्रतियोगिताको पहिलो चरणको अडिशन राउण्ड सुरु भएको थियो l यु. के. बस्दै आएका टिकटक लगायत अनेक लाइभ कार्यक्रमहरु मार्फत सर्वत्र परिचित एवं यस समूहका CEO मन्जिल (प्रेम गुरुङ) ले Manjil UK मार्फत टिकटक लाइभ होष्ट गर्दै प्रतियोगिताको सञ्चालान गरिरहेका छन् l 

प्रस्तुतकर्ता राम कैलाश थापा (यू. एस.ए.), सीईओ /प्रस्तोता मन्जिल (प्रेम गुरुङ – यू. के.) र सीओओ सीता बोहरा (नेपाल)

अडिशन राउण्डबाट सुरु भएको यो प्रतियोगिताको विभिन्न चरणका राउण्डहरु पूरा भईसकेका छन् भने ग्राण्ड फाइनल राउण्डमा पुगेर सम्पन्न हुने छ l प्रतियोगीहरुले नृत्य, गायन, वाद्यवादन लगायतका विधामा आफ्नो कला प्रस्तुत गर्दै आएका छन् l ग्राण्ड फाइनल राउण्डमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश: नगद रू. ५० हजार, २५ हजार र १० हजारको साथमा विभिन्न उपहार, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने छन् l एकजनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने छ l COO सीता बोहराले दिएको जानकारी अनुसार सुबिना लामा (काठमाण्डौ) र अमृत कुमार (पोर्चुगल) ले संयुक्त रुपमा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् भने प्रतियोगिताको मार्केटिङ म्यानेजरमा प्रमिला गुरुङ ( UK ) र इन्टरटेनमेन्ट म्यानेजरमा नानु गुरुङ ( UK) रहेका छन् l प्रतियोगिताका प्रस्तुतकर्ता हाल अमेरिका बस्दै आएका व्यावसायी राम कैलाश थापा हुन् l  TikTok Got Talent  पहिलो सिजनमा यु. के. की निर्मला गुरुङ, दोस्रोमा पोखराकी विनिता गुरुङ र सिजन थ्री मा काठमाण्डौका मगल कुमार मोक्तान विजयी भएका थिए l

सह प्रायोजकहरु

सन् २०२१ नोभेम्बरबाट टिकटक यात्रा सुरु गरेका प्रेम गुरुङले लोकदोहोरी, नृत्य, भ्वाइस लगायतका विधामा टिकटक प्रतियोगिताहरुको आयोजना गरी छोटो समयमै लाखौँ दर्शक / श्रोताको मन जित्न सफल भएका छन् l डिजिटल प्रविधि र सामाजिक सञ्जाल दुरुपयोग हुँदा कतिका लागि यो अभिशाप भएपनि युगले दिएको वरदानको रुपमा परिभाषित गर्छन् प्रेम गुरुङ l यसको सदुपयोग गर्न जानेमा असीमित फाइदा र अवसरहरु प्राप्त गर्न सकिने कुरा उनले बताए l ‘लुकेका प्रतिभाहरुलाई बाहिर ल्याएर विश्वव्यापी रुपमा प्रष्फुटन गराउने, रचनात्मक शिल्पको विकाश गर्ने र उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको कुरा समेत कार्यक्रमका होष्ट मन्जिल (प्रेम गुरुङ) ले बताएका छन् l