अन्तरङ्ग एवं प्रिय क्षणहरुको मीठो परिकल्पना ‘विश्वासको दियो’

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार तारा अधिकारीको शव्दरचनामा रहेको गीत ‘विश्वासको दियो’ को भिडिओ सार्वजनिक भएको छ l कल्याण सिंहको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको यस गीतमा गहकिला स्वरका धनी राज सिग्देलले वेजोड गायकीकला प्रस्तुत गरेका छन् l गीत भिडिओमा आएको भएपनि शब्द, सङ्गीत र गायनको प्रभाव यति बलियो छ कि, गीतको दृश्य हेर्ने भन्दा पनि शव्दको भाव र गायनको मिठासमा डुब्ने चाहना जो कोहीलाई हुन्छ l

SUBSCRIBE 👉

यसअघि फरक फरक भावका गीत लेखेर आफूलाई कुशल गीतकारको रुपमा स्थापित गरिसकेकी तारा अधिकारीको यो गीत विषयवस्तु, चिन्तन र भाव प्रस्तुतिको दृष्टिकोणले उनका अघिल्ला गीतहरु माझ मात्र नभई समग्र सङ्गीत क्षेत्रमै फरक छ l बजारमा प्राय: भाव अभिव्यक्ति फरक फरक भएपनि उस्तै उस्तै कथावस्तुका गीतहरु प्रकाशन हुने गरेको सन्दर्भमा यस गीतको विषयवस्तु नै नित्तान्त मौलिक रहेको छ l

प्रेमिल भाव व्यक्त गरिएको यस गीतमा आफ्नो हृदयभित्र बसेको  मान्छेसँगका अन्तरङ्ग एवं प्रिय क्षणहरुको मीठो परिकल्पना गरिएको छ l प्रेम, विश्वास, आशा, भरोसा र समर्पणभावको बेजोड प्रस्तुति रहेको यस गीतमा माया नै मायाले भरिएको दाम्पत्यको कल्पना गरिएको छ l

स्टुडियो फिलका प्राविधिक कुमार के. सी. ले रेकर्ड गरेको यस गीतमा कुमार के. सी. र अशोक महर्जनले मिक्सिङ/माष्टरिङ गरेका छन् भने भिडिओ रेड स्टुडियोको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l जसमा निशान घिमिरेको सम्पादन रहेको छ l भिडिओ गीतकार अधिकारीकै अफिसियल युट्युब च्यानल Sunaulo Tara Motion Pictures नामकयुट्युब च्यानलबाट एकदिन अघि बजारमा आएको हो l