रुपा, शिला, विपिन र सञ्जिबको स्वरमा ‘तीजै रमाईलो’


हिन्दू नारीहरुको महान पर्व तीज सङ्घारमै आईसकेको छ भने यतिबेला सर्वाधिक लोकप्रिय डिजिटल प्लेटफर्म युट्युब तीजगीतका भिडिओहरुले भरिभराऊ भएका छन् l दैनिकजसो २-४ वटा तीजगीतका भिडिओ सार्वजनिक भईरहेका छन् l यसै मेसोमा लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्दरचना एवं रुपा रिसाल चालिसे, शिला विष्ट, विपिन घिमिरे र सञ्जिब अधिकारीको स्वरमा रहेको तीजगीत ‘तीजै रमाईलो, माईतीघर भन्ने चिजै रमाईलो’ को भिडिओ सार्वजनिक भएको छ l विपिन घिमिरेको सङ्गीतमा रहेको यो गीतको भिडिओ ५ दिन अघि Dip Gurung युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

दीप गुरुङको निर्देशनमा छायाङ्कन भएको यस गीतको भिडिओमा दीपशिखा गुरुङ, लोमश शर्मा र लक्ष्मी गुरुङले प्रमुख कलाकारको रुपमा नृत्य/अभिनय गरेका छन् l जसमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र मेक बहादुर थापाको सम्पादन रहेको छ l