चेतनामूलक भावको तीजगीत ‘तीज आयो’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको तीजगीत ‘तीज आयो’ को भिडिओ सार्वजनिक भएको छ l सुमी संस्कृतिको शब्दरचना तथा स्वरमा रहेको यस गीतको सङ्गीत संयोजन लक्षु प्रकाश मल्लले गरेका हुन् भने गीतमा मनोज डंगोलको मिक्सिङ / माष्टरिङ रहेको छ l

जयराम भट्टको निर्देशन र निरेन श्रेष्ठको निर्देशनमा छायाङ्कन भएको यस गीतको भिडिओमा सुजन विश्वकर्माको सिनेम्याटोग्राफी र राजकुमारको सम्पादन रहेको छ भने भिडिओमा रामचन्द्र अधिकारी, आयुष्मा कार्की, प्राप्ति भट्ट, परमेश्वर दाहाल र युद्ध मगरले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l

नारीमाथि हुने गरेका पारिवारिक र सामाजिक विभेदका विषयहरुलाई उजागर पारिएको यस गीतमा शहरको केटो माग्न आयो भनेर पढ्नेलेख्ने उमेरकी छोरीलाई विवाह गरेर पठाइएको र विवाहपछि दु:ख पाएकी छोरीको अवस्थाबारे अभिभावकहरुले कत्तिपनि चासो नराखेको कुरा व्यक्त गरिएको छ l जतिसुकै शिक्षित भएपनि अहिले पनि छोरीहरुले चुलोचौकोमै जिन्दगी बिताउनु परेको पीडा गीतमा पोखिएको छ l चेतनामूलक भाव भएको यस गीतको भिडिओ केहीदिन अघि सङ्गीतकार ‘प्रेमी’ कै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट सार्वजनिक भएको छ l