नरहरिको शब्द / सङ्गीतमा अनिल श्रेष्ठको पहिलो गीत सार्वजनिक


श्रुति सङ्गीत विद्यालयमा सङ्गीत अध्यन गर्दै आएका अनिल श्रेष्ठले नरहरि प्रेमी युट्युब च्यानलबाट आफ्नो पहिलो गीत ‘मेरो माया बुझेनौ’ को भिडिओ सार्वजनिक गरेका छन् । यस गीतमा शब्द / सङ्गीत लोकप्रिय गायक / सङ्गीतकार एवं श्रुति सङ्गीत विद्यालयका अध्यक्ष नरहरि प्रेमीको रहेको छ भने स्वरमा अनिललाई THE VOICE KIDS कि प्रतियोगी बाल गायिका टेरेसा विश्वकर्माले साथ दिएकी छन् ।

SUBSCRIBE 👉

अनामनगरस्थित सुर सङ्गीत डिजिटल स्टुडियोमा रेकर्डिङ भएको यस गीतका  रेकर्डिष्ट गौरव परियार हुन् भने गीतको मिक्सिङ / मास्टरिङ राजिव शाहले गरेका छन् । गीतको म्युजिक एरेञ्ज  लक्षुप्रकाश मल्लले गरेका हुन् । गीतमा VOICE OVER सजिना लामिछने र युद्ध मगरले दिएका छन् ।

युद्ध मगर र काजोल गजमेरले यसै गीतको भिडिओबाट मोडलिङ यात्रा सुरु गरेका छन् । श्रुति सङ्गीत विद्यालयको प्रस्तुतिमा सार्वजनिक भनेको यस भिडिओमा पुष्पा पौडेलको निर्देशन रहेको छ भने सम्पादन राज कुमारले गरेका छन् ।