सुमन दाहालको निर्देशनमा तीजगीत ‘रातो साडी लाउनी हो’ सार्वजनिक l

-तुलसी गिरी ‘भावुक’


लामो समयदेखि अमेरिकामा रहेर पनि नेपाली चलचित्र तथा गीत/सङ्गीतको प्रवर्धन एवं विस्तारमा निरन्तर क्रियाशील रहँदै आएका सर्जक सुमन दाहालको निर्देशनमा रहेको तीज गीत ‘रातो साडी लाउनी हो’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ मङ्गलबार Samrat Creation नामक युट्युब च्यानलबाट विश्वव्यापी रुपमा डिजिटल बजारमा आएको हो l भिडिओ अमेरिकामै छायाङ्कन गरिएको कुरा निर्देशक दाहालले जानकारी गराएका छन् l

सुमन कार्कीको शब्दरचना र कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको यस गीरमा मञ्जु रसाईलीको स्वर रहेको छ भने सहायक गायिकाको रुपमा उनलाई पवी खड्का र सुशी के. सी. ले साथ दिएका छन् l एक्शन स्टुडिओमा रेकर्ड भएको यस गीतमा राजु कार्कीको सङ्गीत संयोजन र गोविन्द सोनीको मिक्सिङ रहेको छ l भिडिओमा अक्की शर्माले नृत्य निर्देशन र सुरेश राउतले सम्पादन गरेका छन् l यो म्युजिक भिडिओ शान दिपाली र रञ्‍जित रसाईलीले निर्माण गरेका हुन् l