TikTok Got Talent  को चौथो सिजनको प्रतियोगिता सुरु हुँदै, प्रथम विजेतालाई रू. ५० हजार

-तुलसी गिरी ‘भावुक’


‘युनिटी इज पावर’ नामक समूहले आयोजना गर्दै आएको TikTok Got Talent  को चौथो सिजनको प्रतियोगिता सुरु हुने भएको छ l समूहकी COO सीता बोहराले दिएको जानकारी अनुसार आगामी साउन १३ गते शुक्रबार अर्थात जुलाई २९ तारिख नेपाली समय रातको ८ बजेबाट पहिलो चरणको अडिशन राउण्ड सुरु हुने छ l यु. के. बस्दै आएका टिकटक लगायत अनेक लाइभ कार्यक्रमहरु मार्फत सर्वत्र परिचित एवं यस समूहका CEO प्रेम गुरुङले Manjil UK नामक फेसबुक पेजबाट लाइभ होष्ट गर्दै प्रतियोगिताको आरम्भ गर्ने छन् भने उनले त्यही समयमा यस बारेमा विस्तृत जानकारी समेत गराउने छन् l

पहिलो, दोस्रो र तेस्रो सिजनका विजेताहरु-

प्रतियोगिता अडिशन राउण्ड, क्वाटर फाइनल राउण्ड, सेमी फाइनल राउण्ड, फाइनल राउण्ड हुँदै ग्राण्ड फाइनल राउण्डमा पुगेर सम्पन्न हुने छ भने प्रतियोगीहरुले नृत्य, गायन, वाद्यवादन लगायतका विधामा आफ्नो कला प्रस्तुत गर्नुपर्ने छ l ग्राण्ड फाइनल राउण्डमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश: नगद रू. ५० हजार, २५ हजार र १० हजारको साथमा विभिन्न उपहार, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने छन् l एकजनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने छ l COO सीता बोहराले दिएको जानकारी अनुसार सुबिना लामा (काठमाण्डौ) र अमृत कुमार (पोर्चुगल) ले संयुक्त रुपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने प्रतियोगिताको मार्केटिङ म्यानेजरमा प्रमिला गुरुङ ( UK ) र इन्टरटेनमेन्ट म्यानेजरमा नानु गुरुङ ( UK) रहेका छन् l यस TikTok Got Talent  पहिलो सिजनमा यु. के. की निर्मला गुरुङ, दोस्रोमा पोखराकी विनिता गुरुङ र सिजन थ्री मा काठमाण्डौका मगल कुमार मोक्तान विजयी भएका थिए l


मार्केटिङ म्यानेजर प्रमिला गुरुङ र इन्टरटेनमेन्ट म्यानेजर नानु गुरुङ

सन् २०२१ नोभेम्बरबाट टिकटक यात्रा सुरु गरेका प्रेम गुरुङले लोकदोहोरी, नृत्य, भ्वाइस लगायतका विधामा टिकटक प्रतियोगिताहरुको आयोजना गरी छोटो समयमै लाखौँ दर्शक / श्रोताको मन जित्न सफल भएका छन् l डिजिटल प्रविधि र सामाजिक सञ्जाल दुरुपयोग हुँदा कतिका लागि यो अभिशाप भएपनि युगले दिएको वरदानको रुपमा परिभाषित गर्छन् प्रेम गुरुङ l यसको सदुपयोग गर्न जानेमा असीमित फाइदा र अवसरहरु प्राप्त गर्न सकिने कुरा उनले बताए l ‘लुकेका प्रतिभाहरुलाई बाहिर ल्याएर विश्वव्यापी रुपमा प्रष्फुटन गराउने, रचनात्मक शिल्पको विकाश गर्ने र उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको कुरा समेत कार्यक्रमका होष्ट प्रेम गुरुङले बताएका छन् l

SUBSCRIBE 👉