‘गणेशस्तुति’ र ‘गायत्री मन्त्र’ पछि ‘शनि मन्त्र’ लिएर आए शिशिर योगी


पछिल्लो समय भक्ति सङ्गीतमार्फत आफ्नो स्वरको जादू पस्कँदै आएका शिशिर योगी शनि  मन्त्रको कर्णप्रिय उपहार बोकेर दर्शक श्रोतामाझ आएका छन् l  स्वर सुल्तानको उपनाम बनाएका शिशिरले गाएका मानिस खोजिरहेछु, सारङ्गी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा लागायतका गीत सदावहार बनेर नेपाली सङ्गीत आकाशमा गुञ्जिरहेका छन् | राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले पछिल्लो समयमा भने भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी आवाजको जादु पस्केका छन् ।

SUBSCRIBE 👉

प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ । भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा शिशिरको प्रवेशले यसका पारखीहरुलाई निक्कै उत्साहित बनाएको छ ।

SUBSCRIBE 👉

भक्तिसङ्गीतको यस चरणमा केही समय अघि गणेश वन्दना र गायत्री मन्त्र सार्वजनिक भइसकेका छन् l  शनि मन्त्र पछि शनिको बीज मन्त्रको भिडिओ सार्वजनिक हुने कुरा पनि गायक / सङ्गीतकार योगीले जानकारी गराएका छन् । यस शनि मन्त्रमा पनि शिशिरले नै सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक र उनकै सुपुत्री श्रुति योगीले स्वरमा साथ दिएका छन् । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरका छन् भने ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् | दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन् । आवश्यक सुझाव, सल्लाह र शब्द सम्पादनको कार्य भने बासुदेव कृष्ण शास्त्रीले गरेका छन् l  रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् । शिशिरले अघिल्ला मन्त्र गायनमा झैं शनि मन्त्र गायनमा पनि विशेष मिहिनेत गरेको देखिन्छ । उनको स्वरमा शनि मन्त्र निक्कै खुलेको पाइन्छ | यसका लागि शिशिर बधाईका पात्र छन् ।

SUBSCRIBE 👉