गायक तारावीरले गरे टिकटक प्रतियोगिताको घोषणा, विजेताले नगद सहित भिडिओमा अवसर पाउने l

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक तारावीर पाण्डेले टिकटक प्रतियोगिताको घोषणा गरेका छन् l अमर बान्तुको शब्दरचना र सन्तोष श्रेष्ठको सङ्गीतमा अस्मिता अधिकारीसँग आफैंले गाएको युगल गीत ‘काँठे भाकैले’ मा उनले टिकटक प्रतियोगिताको घोषणा गरेका हुन् l गायक पाण्डेका अनुसार ईच्छुक प्रतिभाले संसारभरबाट यस प्रतियोगितामा भाग लिन सक्ने छन् l सहभागी महिला र पुरुषले मेल र फिमेल स्वरमा फरक फरक टिकटक बनाउनु पर्ने छ l

सबैभन्दा बढी भ्युज पाउने पहिलो र दोस्रो टिकटक कलाकारलाई प्रमाणपत्र सहित क्रमश: नगद रू. २० हजार र १० हजारबाट पुरस्कृत गरिनुका साथै दुबै विजेतालाई म्युजिक भिडिओमा समेत अवसर दिईने कुरा गायक तारावीरले जानकारी गराएका छन् l विजेताको घोषणा आगामी असोज १० गते गरिने छ l म्युजिक भिडियोमा अवसर खोज्ने प्रतिभाशाली महिला / पुरुषहरुका लागि यो अत्यन्तै राम्रो अवसर भएको कुरा यस गीतका सङ्गीतकार सन्तोष श्रेष्ठले बताएका छन् l थप जानकारीका लागि आफ्नो मोबाइल नम्बर ९८६१७७९३४० मा फोन गर्न गायक तारावीरले आग्रह गरेका छन् l