गाउँले युवक र सहरीया युवतीबीचको प्रेमकथा ‘काँठे भाकैले’

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार अमर बान्तुको शब्दरचनामा रहेको गीत ‘काँठे भाकैले’ को भिडिओ सार्वजनिक भएको छ l कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन तथा अस्मिता अधिकारी र तारावीर पाण्डेको स्वरमा रहेको यस गीतको भिडिओ OSR Digital युट्युब च्यानलबाट केहीदिन अघि रिलिज भएको हो l अकोष्टिक स्टुडियोमा रेकर्ड भएको यस गीतमा प्रकाश मिश्रको मिक्सिङ / माष्टरिङ रहेको छ l

SUBSCRIBE 👉

भिडिओ गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा छायाङ्कन भएको हो l जसमा सुबोल थापा सहायक निर्देशकको रुपमा रहेका छन् भने नवराज उप्रेतीको सिनेम्याटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ l आर्यन खरेल र सजिना श्रेष्ठले प्रमुख मोडलको रुपमा अभिनय गरेको यस म्युजिक भिडिओमा काँठ क्षेत्रको युवक र नेवार समुदायकी शहरीया युवतीबीच शहरको एक बजारमा भएको चिनजान र त्यसपछि गाढा हुँदै गएको प्रेमकथालाई प्रस्तुत गरिएको छ l