सात वर्षीय बालिका आश्रा ढकालको स्वरमा ‘नेपालको गीत’

हाल अमेरिकाको ओहायो, कोलम्बस बस्दै आएकी सात वर्षीय बालिका आश्रा ढकालको स्वरमा रहेको गीत ‘नेपालको गीत’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ आजै गायिका आश्राकै युट्युब च्यानल Aashra Dhakal बाट डिजिटल बजारमा आएको हो l प्रज्ज्वल अधिकारीले रचना गरेको यस गीतमा राज सागरको सङ्गीत रहेको छ भने राजन इशानले सङ्गीत संयोजन गरेका छन् l भ्वाइस अफ नेपाल नामक स्टुडियोमा रेकर्ड भएको यस गीतको मिक्सिङ / माष्टरिङ दीप घतानीले गरेका हुन् l

SUBSCRIBE 👉

भिडिओ राम कुमार के. सी. को सिनेम्याटोग्राफी र निर्देशनमा छायाङ्कन भएको हो भने यसको सम्पादन टेकेन्द्र शाहले गरेका छन् l बालशुलभ भावका साथै देशप्रेम र प्रकृतिप्रेमले भरिएको यस गीतको भिडिओमा गायिका आश्रा र अर्की बालिका एन्जिला हेङ्गाजुले अभिनय गरेका छन् l