रचना रिमालको आफ्नै कथामा ‘चटपटे भटभटे’


गायिकाको परिचय बनाउनुभन्दा अगाडि रचना रिमाल ‘म चटपटे बेच्दै थिएँ’ भन्थिन् । गीत रेकर्डिङको लागि स्टुडियोमा पुगेपछि रचनाले गीत पढ्न थालिन् र भनिन् – ‘यो गीत त मेरै कथामा आधारित रैछ´ । सङ्गीतकार सन्तोष श्रेष्ठले रचनालाई सोधे – `शब्दमा कुनै समस्या त छैन है ?´

‘चटपटे भटभटे’ गीतमा प्रेमप्रसाद राजभण्डारीको शब्द, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत, चर्चित गायिका रचना रिमाल र मोहित श्रेष्ठको सुमधुर स्वर रहेको छ । गीतको भिडिओ ‘गोल्डेन क्रियशन प्रा.लि.’ले बजारमा ल्याएको हो ।

यस गीतको भिडिओमा अञ्जली अधिकारी र उमेश राईले अभिनय गरेका छन् । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको यस भिडिओमा सुरेश श्रेष्ठले छायाङ्कन र प्रकाश धमला `भान्जा´ले सम्पादन गरेका छन् । ‘फूल झैँ जीवन’ र ‘फूलको थुङ्गा’ दुईवटा एकल एल्बम सार्वजनिक गरिसकेका प्रेमप्रसाद राजभण्डारीले यसपटक दर्शक श्रोता माझ नयाँपनमा ‘चटपटे भटभटे’ गीतको भिडिओ सार्वजनिक गरेका छन् ।