‘सारेगम लिटिल च्याम्स नेपाल’ का ११ औं विजेता जयन्तको स्वरमा ‘के नै रह्यो बाँकी’

-तुलसी गिरी ‘भावुक’


प्रथम सारेगम लिटिल च्याम्स नेपाल का ११ औं विजेता जयन्त माधवको स्वरमा रहेको गीत के नै रह्यो बाँकी को भिडिओ सार्वजनिक भएको छ । रेखा सागरको शब्दरचना, रोहन रुम्बाको सङ्गीत र पदम राजन मगरको सङ्गीत संयोजन रहेको यस गीतको भिडिओ शनिबार Nepali Music Sector नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो । गीतमा मुश्कान मुकारुङको मिक्सिङ / माष्टरिङ रहेको छ ।

भारतको आसाम, तेजपुर स्थाई बसोबास भएका जयन्तले ५ वर्षको कलिलो उमेरदेखि नै सङ्गीत सिक्न थालेका थिए । उनी गायकीकलाको जन्मजात गुण लिएर आएका एक आशालाग्दा प्रतिभा हुन् । १० वर्षका जयन्त यतिबेला स्थानीय क्षेत्रका निकै लोकप्रिय बाल गायकको रुपमा समेत स्थापित भईसकेका छन् । सारेगम लिटिल च्याम्सको उपाधि नजिते पनि त्यो प्रतिस्पर्धाले आफ्नो आत्मविश्वास बढाएको र धेरैकुरा सिक्ने अवसर मिलेको उनले बताए । के नै रह्यो बाँकी जयन्तको स्वरमा रेकर्ड भएको तेस्रो गीत हो ।

SUBSCRIBE 👉

यस गीतका सङ्गीतकार रोहन रुम्बाले नै जयन्तलाई यो गीत गाउने अवसर दिएको कुरा थाहा भएको छ । केहीवर्ष अघिदेखि युएईलाई कर्मथलो भनाईरहेका सिन्धुपाल्चोकका रोहनले १७ वर्षको युवा उमेरदेखि नै सङ्गीत क्षेत्रमा औपचारिक यात्रा सुरु गरेका थिए । प्रवाशमा रहेर पनि सङ्गीतकर्मलाई निरन्तरता दिईरहेका रोहन अहिले २१ वर्षको जाँगरिलो उमेरमा छन् । भविष्यमा स्वदेश फर्किएर सङ्गीतकर्ममै रमाउने आफ्नो योजना रहेको कुरा उनले बताए ।

SUBSCRIBE 👉