एकल लोक गायन प्रतियोगिता हुने, प्रथम हुनेलाई रू. २५ हजार, गीत रेकर्ड र भिडिओ निर्माण   

-प्रकाश बराईली ‘अभिव्यक्ति’


‘हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति ललितपुरको आयोजनमा ‘एकल लोक गायन प्रतियोगिता – २०७९ यही असार २५ गते शनिबारका दिन आयोजना हुने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैया र गीतको अडिओ/भिडिओ निर्माण, द्वितीय पुरस्कार १५ हजार रुपैया र तृत्तीय पुरस्कार १० हजार रुपैया तोकिएको छ । प्रतियोगिता मधुवन रोधी घर, मित्रनगर बसपार्क, काठमाडौंमा आयोजना हुने भएको छ ।

छोटो समयमा प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएको हुँदा ‘एकल लोक गायन प्रतियोगिता – २०७९‘ संस्थागत प्रतियोगिताको रुपमा आयोजना गरिएको कुरा समितिका अध्यक्ष सुजन बराईलीले बताएका छन् । प्रतियोगितामा प्रतिष्ठानमा आवद्ध भएका ब्यक्तिले मात्र भाग लिन पाउने छन् ।

प्रतियोगितामा भाग लिन शाखा तथा अन्य समितिले प्रतियोगी पठाएको लिखित जानकारी गराउनुपर्ने कुरा समेत समितिका अध्यक्ष बराईलीले जानकारी गराए । साथै यस प्रतियोगितालाई सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिनका लागि समेत अध्यक्ष बराईलीले अनुरोध गरेका छन् ।