रामचन्द्र काफ्ले र लक्ष्मी मल्लको स्वरमा ‘ठूली’

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक रामचन्द्र काफ्ले र लक्ष्मी मल्लको स्वरमा रहेको गीत ‘ठूली’ को भिडिओ सार्वजनिक भएको छ l ग्रामिण परिवेशमा छायाङ्कन गरिएको यस भिडिओमा एकातिर रोपाईंदेखि धानबाली भित्र्याउने समयसम्मका यथार्थपरक दृश्यहरु समेटिएको छ भने अर्कोतिर प्रेमदेखि बिबाह सम्मका घटना कैद गरिएका छन्  l श्रीकृष्ण बम मल्लको शब्द / सङ्गीत रहेको यस गीतमा योगेश काजी शाहले सङ्गीत संयोजन गरेका छन् l सन्देशमूलक कथावस्तुमा निर्माण गरिएको यो भिडिओ एकदिन अघि Pashupati Music नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

भिडिओ मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा छायाङ्कन भएको हो l जसमा वुद्ध थापाको सिनेम्याटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ भने पुष्प खड्का, जुना सुन्दास, आरोना मल्ल, रामचन्द्र काफ्ले र श्रीकृष्ण बम मल्लले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l