बालापनको यादमा कलाकार बेनिषा


कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको गीत ‘जीवनको पाना’ को भिडिओ बजारमा आएको छ l सङ्गीतकार श्रेष्ठले आफ्नै अफिसियल युट्युब च्यानल Golden Creation बाट केही घण्टा अघि मात्र यो म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् l बम कुमार श्रेष्ठको शब्दरचनामा रहेको यस गीतमा बेनिषा पौडेलले स्वर दिएकी छिन् भने देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ / माष्टरिङ रहेको छ l

SUBSCRIBE 👉

लामो समयपछि शहरबाट गाउँ फर्किएकी एक युवतीले आफ्ना स्वर्गीय बुबा र बालापनका घटनाहरु सम्झिएर कल्पिएको कुरा मार्मिक ढङ्गमा भिडिओमा देखाईएको छ l देवेन्द्र पाण्डेको निर्देशनमा निर्मित यस म्युजिक भिडिओमा बेनिषा पौडेल, राजेन्द्र वाग्ले बाल कलाकार विभूति श्रेष्ठले अभिनय गरेका छन् भने भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l भिडिओ गोल्डेन क्रिएशनको प्रस्तुतिमा बजारमा आएको हो l