रोहितको निर्देशनमा प्रेम समर्पण भावको भिडिओ ‘पाएँ नि तिमीलाई मैले’

-सानु श्रेष्ठ


जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि. च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाएँ नि तिमीलाई मैले’ बोलको सुन्दर गीतको भिडिओ सार्वजनिक भएको छ । यसभन्दा अगाडि अञ्जु पन्तको स्वर र देव कुमार चौधरी सङ्गीतवद्ध गीतको भिडिओ पनि यही टिमले निर्माण गरेको थियो । हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आऊ माया गाँसौं हामी जुनीभरि’ सुमन थाम्सुहाङ र सम्झना लावुङ्द्वारा अभिनित म्युजिक भिडिओ र अञ्जु पन्तको स्वर रहेको दोश्रो म्युजिक भिडिओ ‘काँडाबीच  फुल्ने माया’ र तेश्रो म्युजिक भिडिओ निर्माणसँगै सार्वजनिक समेत भईसकेको छ ।

म्युजिक भिडिओ निर्माणलाई निरन्तरता दिने उद्देश्यले राम्रा राम्रा गीतको छनौट गरि छायाङ्कन कार्यलाई क्रमिक रुपमा अगाडि बढाईरहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराएका छन् । पुष्पा लिम्बूको शब्द एवं सङ्गीत, मेलिना राईको स्वर, मनि ताम्लिङको म्युजिक एरेञ्ज, मिक्सिङ र रेकर्डिङ, सुवास लिम्बूको छायाङ्कन, ड्रोन र सम्पादन रहेको ‘पाएँ नि तिमीलाई मैले’ को भिडिओ रोहित लामगाधेले निर्देशन गरेका हुन् ।

पूर्वी  नेपालको रमणीय स्थान झापाको विभिन्न स्थानमा छायाङ्कन गरिएको यस भिडिओमा चन्दा दाहाल र पूर्ण लिम्बू फिचरिङ छन् । जेपिजे ईन्टरटेन्मेन्टबाट अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित निर्माण र प्रसारण भैरहेको छ ।

जेपिजे ईन्टरटेन्मेन्ट अनलाईन टि.भि. च्यानल न्युयोर्कका टिम मेम्बरहरुमा परिकल्पना, निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमा लामा, प्रस्तोता सुमन थाम्सुहाङ, सिनेम्याटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल आदि रहेका छन् ।