पहिलो पहिलो मायाको छटपटीमा कृपा र रोशा

– तुलसी गिरी ‘भावुक’


प्रथम ‘सारेगम लिटिल च्याम्स नेपाल’ की विजेता कृपा पौडेल र दोस्रो विजेता रोशा फुयालको संयुक्त स्वरमा हालै रेकर्ड भएको गीत ‘फोन आउला कि ?’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ हिजो मात्र AP Music नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

अग्नि पराजुलीको शब्दरचना एवं सङ्गीत रहेको यो गीत ओपल स्टुडियोमा रेकर्ड भएको हो भने गीतमा विश्व अधिकारीको म्युजिक एरेञ्ज र आकाशको मिक्सिङ / माष्टरिङ रहेको छ l यसैगरी भिडिओका सिनेम्याटोग्राफर अमित सुनार हुन् भने यसको सम्पादन सुवर्ण दुलालले गरेका छन् l

SUBSCRIBE 👉

आफूलाई मन परेको मान्छेको फोन आउला कि ? उसले पनि आफूले चाहे जस्तै मीठो कुरा गर्ला कि ? उसको कुराले प्यारो नाता जोडिएला कि ? यस्तै यस्तै रोमाञ्चक र कौतुहलतापूर्ण मनको वेचैनी गीतमा पोखिएको छ l सरल शव्द, मीठो अनि कथात्मक सिलसिला, यथार्थपरक भाव, फरक शैलीको सङ्गीत र गायकीले गीतलाई श्रुतिमाधुर्य बनाएको छ l कृपा र रोशाको हँसिलो, मायालु र मनमोहक भावमा रहेको संयुक्त गायनको यो भिडिओ हेर्दाहेर्दै कतिबेला सकिन्छ पत्तै हुन्न l गीतले विशेषगरी पहिलो पहिलो एकतर्फी मायामा परेका युवतीहरुको भावनालाई उजागर पार्ने प्रयास गरेको छ l