गीतकार ‘पलाँस’ र सङ्गीतकार कडरियाको सहकार्यमा सन्देशमूलक गीत ‘छोरी’


छोरीलाई सही संस्कार, समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत ‘छोरी’ को भिडिओ भर्खरै सार्वजनिक भएको छ । शिव पलाँसको शब्दलाई रमेश कडरियाले सङ्गीत गरेका छन् भने भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी रुक्सना लिम्बू र अनुजा कडरियाले आवाज भरेका छन् । यसका साथै गीतमा र्यापर  क्यानोपसको पनि आवाज छ ।

यो गीतको भिडियोमा कार्टुन क्रु जुनियरको डान्स, आस्मा विश्वकर्मा, रमेश कडरिया र युनिका कडरियाका साथै गायिकाद्वय लिम्बू र कडरियाको अभिनय देख्न पाइन्छ । सरोज अधिकारीको निर्देशनमा छायाङ्कन भएको यस भिडिओमा निमबाबु तामाङको कोरियोग्राफी रहेको छ । रमेश कडरियाले यसभन्दा पहिला पनि महिला हिंसा बिरुद्धको सचेतनामूलक गीत ‘कठोर’ ल्याईसकेका छन् । भिडिओ ‘कडरिया इन्टरटेन्मेन्ट प्रा.लि.’ को ‘कडरिया इन्टरटेन्मेन्ट युट्युब’ च्यानल बाट सार्वजनिक गरिएको छ ।