‘शमशेर’ बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने

-सी. पी. जैशी


छायाङ्कनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । उनी सिनेमाको मुख्य भूमिकामा अभिनय समेत गर्दैछन् । प्राप्त जानकारी अनुसार सिनेमाको कलाकारमा अभिनेता सुनिल थापा पनि थपिएका छन् । ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्क्रिप्ट राम्रो लागेकाले पनि निर्देशनमा डेव्यु गर्न लागेको कुरा अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानान्तर रुपमा अगाडि बढाउने सोचमा छन् राउत ।

हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायाङ्कन मिति भने तय भएको छैन । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायाङ्कन सुरु गरिने कुरा पनि अभिनेता राउतले बताएका छन् । सिनेमामा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दीपक कोइराला, सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको पनि अभिनय रहने छ ।

एक्सन जनरामा निर्माण गरिने यस सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी. आर. डेनिमको लगानी रहने छ । सिनेमाको छायाङ्कन काठमाडौँ, दुबई, सोलुखुम्बू र ढोरपाटनमा गरिने कुरा निर्माण पक्षले जानकारी गराएको छ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने यस सिनेमामा राकेश दाहाल पोष्टर डिजाइनरका रुपमा रहेका छन् । सिनेमाका गीतमा अर्जुन पोखरेलले सङ्गीत भर्नेछन् ।