‘डियर भ्याक्सिन’ उपन्यासको पुस्तक र अडिओ भर्सन एकैसाथ सार्वजनिक  


ओएस नेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ३० औँ कृति ‘डियर भ्याक्सिन’ शीर्षकको उपन्यास आज एक समारोहबीच सार्वजनिक गरिएको छ । ओएस नेपालद्वारा प्रकाशित यो उपन्यास मुलुक कोरोनाले आक्रान्त भएको बेला लेखिएको कुरा उपन्यासकार ‘अमर’ ले जानकारी गराएका छन् l

 उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन ‘अमर’ को साहित्यिक यात्राको बारेमा बोल्दै सफलताको कामना गरेका थिए । समारोहमा उपन्यास ‘डियर भ्याक्सिन’ को अडिओ समेत सार्वजनिक गरिएको थियो l उपन्यासकार सङ्घका अध्यक्ष शंकर भारतीले उपन्यासको अडियो सार्वजनिक गर्दै  धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्ने सुरेन्द्र महर्जन ‘अमर’ को साहित्यिक व्यक्तित्वको बारेमा बोलेका थिए । कार्यक्रममा उपन्यासको अडिओमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गर्ने भाष्कर श्रेष्ठलाई ओएस नेपालको तर्फबाट ‘भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित गरिएको थियो l उपन्याको सो अडियो भर्सन युट्युबमा अपलोड भईसकेको छ l

SUBSCRIBE 👉

समारोहमा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’, ओएस नेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक / सङ्गीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजू आदिले सुरेन्द्र महर्जनको बारेमा बोलेका थिए । कार्यक्रम भक्तपुर पत्रकार महासङ्घ अध्यक्ष पुष्करराज बुढाथोकी ‘साउँतेली’ ले सञ्चालान गरेका थिए ।