भिष्ममणि पाण्डेको ‘बाबा महिमा’ खण्डकाव्य सार्वजनिक


साहित्यकार भिष्ममणि पाण्डेको खण्डकाव्य ‘बाबा महिमा’ को विमोचन भएको छ । शताब्दी साहित्य प्रतिष्ठान, काठमाडौं र कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित समारोहमा सो खण्डकाव्यको विमोचन भएको कुरा थाहा भएको छ । उत्तरवाहिनी, कालिगण्डकी, मालुङ्गा, स्याङजामा सम्पन्न भएको सो समारोहमा मन्त्री परिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधान न्यायधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लुम्विनी प्रदेश मन्त्री रमा घर्ती, बम बहादुर थापा जिताली, ज्ञाननिष्ठ ज्ञवाली र साङ्जाली साहित्यकार मिलन समिर लगायत बिभिन्न जिल्लाबाट आएका साहित्यकारहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।