-प्रकाश बराईली ‘अभिव्यक्ति’
नेपालमा पछिल्लो समयमा लोक गीतहरुले बजार तताईरहेको बेला नेपालमै हिन्दी गीतको आगमन भएको छ । नेपालमै रेकर्ड भएको हिन्दी गीत ‘तु नही तो मेरी’ काठमाडौंको अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । डा. आदित्य जोशीले रचना गरेको यस गीतमा भर्सटायल गायिका अनु चौधरी र भ्वाईस अफ नेपालका प्रतियोगी रवि गहतराजको स्वर रहेको छ । गीतमा नन्द नयरले सङ्गीत तथा सङ्गीत संयोजन गरेका छन् l
यो गीत कर्ण सञ्ज्यालले रेकर्डिङ र गोविन्द सोनीले मिक्सिङ, मास्टरिङ गरेका हुन् । प्रभावन जे को निर्देशन रहेको यस गीतको भिडिओमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायाङ्कन, कृष्ण गौतमको सम्पादन र साजन पराजु्लीको सह निर्देशन रहेको छ । भिडिओमा अनु चौधरी र रवि गहतराज स्वयम् नै देखा परेका छन् ।