-प्रकाश बराईली ‘अभिव्यक्ति’
पछिल्लो समय साङ्गीतिक क्षेत्रमा धेरै गीतहरु बजारमा आएका छन् । त्यसमध्ये पनि यो शुक्रबार १५ वटा भन्दा बढी गीत एकैदिन रिलिज भएका छन् । यसले गर्दा झन् ठूलो प्रतिस्पर्धा भईरहेको महसुस गर्न सकिन्छ । सोही क्रममा स्टुडियोको ब्यानरमा ‘साँचो माया’ बोलको गीतको भिडिओ डिजिटल बजारमा सारर्वजनिक भएको छ ।
यस गीतमा अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वर रहेको छ भने शब्द, सङ्गीत राजु सेन्चुरीको र सङ्गीत संयोजन विशाल निरौलाको रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतलाई मुकारुङ मुस्कान राइले मास्टरिङ गरेका हुन् ।
नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध छायाकार नवराज उप्रेती र मोडेल आश्मा गिरीको अभिनय रहेको यस गीतको भिडिओमा प्रविन भट्टको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, बिमला तामाङको शृङ्गार, शिवशरण न्यौपानेको छायाङ्कन, मौसम हिमालीको कोरियोग्राफी तथा प्रकाश भट्टको निर्देशन रहेको छ ।
सधैं पर्दा पछाडि रहेर अरुलाई क्यामेरामा उतार्न खप्पिस छायाकार नवराज उप्रेतीले यसपटक आफैं मोडेल बनेर आश्मा गिरीसँग स्क्रिन रोमन्स गरेका छन् । गीतमा माया प्रेमका साथै सुन्दर दृश्यहरुलाई भरपुर कैद गरिएको छ ।