वैदेशिक रोजगारीले निम्त्याएको कारुणिक कथा ‘नजाऊ परदेश’

-तुलसी गिरी भावुक’


डी. आर. को शब्दरचना, ज्योतिप्रकाशको सङ्गीत एवं उदय – मनिला सोताङको स्वरमा रहेको गीत ‘नजाऊ परदेश’ को भिडिओ बजारमा आएको छ l निम्नवर्गीय एक युवकको वैदेशिक रोजगारीको बाध्यता र त्यसबाट उत्पन्न पारिवारिक वियोगको कथालाई अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरिएको यो भिडिओ गोविन्द अञ्जानको निर्देशनमा निर्माण भएको हो l

अञ्जना दवाडी र महेश खड्काको प्रमुख भूमिका रहेको यस भिडिओमा चक्र बरालको सिनेम्याटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ l विष्णु अधिकारीले सङ्गीत संयोजन गरेको यो गीतको मिक्सिङ / माष्टरिङ विप्लव अधिकारीले गरेका हुन् l

भिडिओमा बैदेशिक रोजगारीको कारण विखण्डित परिवार र त्यसभित्रको पीडाका कथालाई उजागर पार्ने भरपुर प्रयास गरिएको छ l नजाऊ भनेर लाख आग्रह गर्दागर्दै पनि बाध्यता देखाएर गर्भवती पत्नीलाई घरमा छाडि बोझिलो पाइला बढाउँदै पति परदेशतिर लागेको कारुणिक कथा भिडिओमा देखाईएको छ l नेपाली ग्रामिण समाजको यथार्थ चित्रण भएको यो गीत तथा भिडिओलाई दर्शक-श्रोताले मन पराउने छन् भन्ने अपेक्षा गर्न सकिन्छ l