गायक सङ्गमलाई एउटै गीतबाट ४ वटा अवार्ड


गायक सङ्गम लिम्बूको स्वरमा रहेको लिम्बू भाषाको गीत ‘निङसाङ पोक्लछ’ ले एउटै अवार्ड समारोहमा ४ वटा बिधामा अवार्ड पाउन सफल भएको छ l हालै राजधानीमा सम्पन्न ‘एफ. एल. एफ. अवार्ड २०७८’ मा सो गीतले  गायन, सङ्गीत, मोडल पुरुष र महिला गरि ४ विधामा अवार्ड पाएको हो l यस गीतको भिडिओबाट मोडल विशाल सिनेहाङ र इशिका लिम्बूले अवार्ड प्राप्त गरेका छन् भने भिडिओका निर्देशक सागर सुब्बा समेत पूर्व गृह मन्त्री राम बहादुर थापा ‘बादल’को हातबाट सम्मानित भएका थिए l

म्युजिक भिडिओमा रोजगारीको निम्ति बिदेशिन बाध्य युवाको कथालाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ l बिदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको यादले कति सताउँछ र परिवारको आवश्यकता कसरी महसुस हुन्छ भन्ने कुरा भिडिओमा देखाउन खोजिएको छ |

गीतसँगै बिदेशमा बस्ने नेपालीहरुसँग पनि भावनात्मक सम्बन्ध जोड्न गायक सङ्गम लिम्बू सफल भएका छन् l  गायक सङ्गम लिम्बूले अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भने- ‘मेरो गीत र भिडिओले ४ वटा अवार्ड प्राप्त गर्नु भनेको मैले साङ्गीतिक यात्रामा गरेको सङ्घर्ष र मिहेनेतको सम्मान हो l’ गायक सङ्गमले आगामी दिनमा पनि लिम्बू भाषाको गीत गायनलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् l