सञ्चारकर्मी बराईलीको लेखन / निर्देशनमा छोटो चलचित्र’ कलियुगको प्रेम’


अहिलेको युवा प्रेमी प्रेमीकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र (Short Movie) ‘कलियुगको प्रेम’ सार्वजनिक भएको छ । ‘कलियुगको प्रेम’ मा झुटो प्रेममा फसेपछि आफ्नो करियरसँगै जिन्दगी नै बर्बाद हुन्छ । साँचो मायाको कदर हुनुपर्छ । कुन व्यक्ति कस्तो हो बुझेर मात्र संगत गर्नुपर्छ । माया भनेको दुईतर्फी हुनुपर्छ, एकतर्फी मायाले पागल बनाउँछ । प्रेमको अर्थ नबुझ्नाले, समय र ब्यक्ति नचिन्नाले करोडको मान्छे रोडमा पुग्न समय लाग्दैन भन्ने सन्देश दिन खोजिएको छ ।

SUBSCRIBE 👉

‘कतिपय युवाहरुले युवतीहरुलाई खुसी बनाउँदा बनाउँदै आफू कमजोर स्थितीमा पुगेका कुराहरु सामाजिक सञ्जालमा नआएका चाहिं होईनन् । त्यसै कथामा आधारित रहेर पछिल्लो समयका युवा युवतीहरुलाई सन्देश दिन खोजिएको हो’ चलचित्रका लेखक / निर्देशक प्रकाश बराईली ‘अभिव्यक्ति’ भन्छन् ।

चलचित्रमा दिपेन्द्र प्रकाश के.सी. को छायाङ्कन र लोकेश भाटको सम्पादन रहेको छ । युवा प्रेमी प्रमिकाहरुको कथामा आधारित रहेको यस छोटो चलचित्र मा प्रकाश बराईली अभिब्यक्ति, शशिकला राई, राजकुमार रायमाझी, भिम कुसारी, रमेश सेञ्चुरी, अनिशा चाम्लिङ आदिको अभिनय रहेको छ । चलचित्र म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

SUBSCRIBE 👉