सुमनको निर्देशनमा ‘तिमीसँग छुट्टिएर’ को भिडिओ सार्वजनिक


रियालिटी शो ‘भ्वाईस अफ नेपाल’ का प्रथम बिजेता तथा गायक, सङ्गीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर’ को भिडिओ रिलिज भएको छ । अमेरिकामा छयाङ्कन गरिएको यो भिडिओ सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

लगभग ५ बर्ष अघिदेखि अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाङ्कन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेका हुन् । गतसाता मात्र उनले अर्को म्युजिक भिडिओ पनि त्यहींबाट रिलिज गरेका थिए । भिडिओमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका रहेको छ ।

प्रेममा निश्माले धोका दिएपछि राजु एकल भएको बेदनामा भिडियो केन्द्रित छ । यो गीत कल्पना पाठकले लेखेकी हुन् । गीतमा गायक सिडी विजयले नै सङ्गीत गरेका छन् । वियोगान्त भावको यो गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ ।  भिडिओको छायाङ्कन तथा सम्पादन अक्की शर्माले गरेका हुन् । जसमा भूपेन्द्र अधिकारीको मिक्सिङ र रेनिश फागोको रङ्ग संयोजन रहेको छ ।