नरहरिको सङ्गीतमा हिन्दी भजन

-तुलसी गिरी ‘भावुक’


सुमी संस्कृतिको शब्दरचना / स्वर तथा नरहरि प्रेमीको सङ्गीतमा रेकर्ड भएको हिन्दी भजन ‘जागो जागो मा भवानी’ को भिडिओ रिलिज भएको छ l भिडिओ केहीदिन अघि सङ्गीतकार प्रेमीकै आधिकारिक युट्युब च्यानल Narahari Premee बाट डिजिटल बजारमा आएको हो l गीतमा लक्षु प्रकाश मल्लको म्युजिक एरेन्ज र रुबिन मगरको मिक्सिङ / माष्टरिङ रहेको छ l

हिंडडुल गर्न नसक्ने अवस्थाकी एक महिलालाई क्रुरतापूर्वक पतिले घरबाट निकालेको र भक्तिभावका साथ घस्रंदै उनी माताको मन्दिरमा पुगेपछि खुट्टा ठीक भएको भिडिओमा देखाइएको छ l जसमा सजिना लामिछाने र ज्ञानु बस्नेतले पति-पत्नीको भूमिकामा अभिनय गरेका छन् l खेम थापाको निर्देशनमा निर्मित यस भिडिओमा राजकुमारको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ l