विद्युतीय सामग्री एवं मोवाइल ब्यवसायी सङ्घमा नयाँ कार्यसमिति चयन


भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन् । भक्तपुर विद्युतीय सामग्री सङ्घको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यस्तै उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिवमा अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल, सह कोषाध्यक्षमा बुद्धि कुमार मुस्याख्व, सदस्यहरूमा शिवराम बैद्य, श्यामसुन्दर नगरकोटी, अर्जुन गोपाल द्यौभडेल, विश्वराम खर्वुजा र राकेश प्रजापती निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै भक्तपुर मोवाइल ब्यवसायी सङ्घले पनि नयाँ नेतृत्व पाएको छ । श्यामसुन्दर नगरकोटीको नेतृत्वमा कार्यसमिति सर्बसम्मत गठन गरिएको हो । सङ्घको उपाध्यक्षमा होम प्रसाद बजगाई, सचिवमा विमल गोले तामाङ, कोषध्यक्षमा लव कृष्ण श्रेष्ठ, सदस्यमा रविन लामा, रोशन अधिकारी, आकाश गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्णचन्द्र कर्माचार्य, डेनिस दुवाल, दिपेश श्रेष्ठ र रमेश खायामली सर्वसम्मत निर्वाचित भएका हुन् ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घको १२ औं बार्षिक साधरणसभा तथा छैठौँ अधिवेशनका साथै भक्तपुर मोबाइल व्यवसाय सङ्घको पहिलो अधिवेशनले दुवै सङ्घका नयाँ नेतृत्व छनोट गरेको हो ।

कार्यक्रममा व्यवसायी तथा कलाकार करिश्मा मानन्धरले नेपाली कला क्षेत्र संगसंगै आफूले व्यवसाय पनि संचालन गर्दै आएको बताउँदै सबैले आत्मनिर्भर हुन कुनै न कुनै व्यवसाय गर्नु पर्नेमा जोड दिइन् । उनले सबै व्यवसायीहरु मिलेर एकछत्र भएर व्यवसायमा लागेको खण्डमा सफल हुन सकिने समेत बताएकी थिईन् । माधव प्रसाद प्रजातिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा भक्तपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मान्नधर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जगत प्रजापतीले सङ्घको नयाँ कार्यसमितिका लागि शुभकामना दिएका थिए । साथै उनीहरुले जुनसुकै व्यवसायमा पनि मिलेर काम गर्न सके जस्तो कठिन परिस्थितिमा पनि सफलता हासिल गर्न सकिने बताएका थिए ।

यस्तै कार्यक्रममा नेपाल मोबाइल ब्यवसाय महासङ्घका सचिव दिलबहादुर तामाङ, सङ्घका सचिव रामप्रसाद खर्बुजा, महासचिव चन्द्रभक्त श्रेष्ठ र उपाध्यक्ष गंगाराम मानन्धरले सङ्घको गतिविधि लगायतका विषयमा जानकारी गराएका थिए । साथै कोषाध्यक्ष अल्बर्ट बज्राचार्यले सङ्घको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

SUBSCRIBE 👉