रोमान्टिक भावको गीतमा गायक पोखरेल

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक सीताराम पोख्रेलले रोमान्टिक भावको आफ्नो नयाँ गीत ‘काँडा उम्रियो’ को भिडिओ सार्वजनिक गरेका छन् l DAR MOVIES नामक युट्युब च्यानलबाट केहीदिन अघि भिडिओ डिजिटल बजारमा आएको हो l रिलिजको छोटो समयमै भिडिओले १० लाखको हाराहारीमा भ्युज पाईसकेको छ l

विगतका बर्षहरुमा आफ्नो जन्म दिन ‘अक्टुबर फोर’ का दिन भव्य कार्यक्रमका साथ नयाँ गीति एल्बम रिलिज गर्दै आईरहेका गायक पोख्रेलले सङ्गीतको बजारले डिजिटल मोड लिएपछि भने सिङ्गल ट्रयाक भिडिओ सार्वजनिक गर्दै आएका छन् l

गीतमा दीपक शर्माको शब्द / सङ्गीत रहेको छ भने नेत्र गुरुङको निर्देशनमा भिडिओ निर्माण भएको हो l जसमा मिलन शंकरले सिनेम्याटोग्राफी र प्रवीन भट्टले सम्पादन गरेका छन् l भिडिओमा मुख्य कलाकारको रुपमा जिवेश सिंह गुरुङ र स्मारिका ढकालको अभिनय रहेको छ l